Logo

साउदी अरबमा अत्यधिक गर्मीका कारण हजमा सहभागी १४ यात्रीको मृत्यु

 

साउदी अरबमा अत्यधिक गर्मीका कारण हजमा सहभागी १४ यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा जोर्डन नागरिक रहेको बताइएका छन् । यसबारे जोर्डनका अधिकरीहरूले बताएका छन् । जोर्डनका विदेश मन्त्रालयका अनुसार अत्यधिक गर्मीका कारण लू लागेर १४ जना जोर्डन नागरिकको मृत्यु भएको छ । अरु १७ जना बेपत्ता भएका छन् भने बेपत्ताहरूको खोजी भइरहेको छ। परिवारको इच्छाअनुसार मृतकहरूको शव गाड्ने वा स्वदेश पठाउने प्रक्रियाबारे साउदी अधिकारीहरूसँग छलफल भइरहेको बताएको छ। हज संसारकै सबैभन्दा धार्मिक समारोहमध्ये एक हो। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाख बढी सहभागी हुने विश्वास लिएका छन्।

यहाँको तापक्रम ४६ डिग्री सेल्सियस मापन गरिएको छ। जसका कारण घर बाहिर र पैदल हिँड्ने तीर्थयात्रीहरू विशेषगरी वृद्धवृद्धाहरू बढी प्रभावित भएका छन्। यस वर्षको हजको समयमा मक्का र मदिनामा औसत तापक्रम १ दशमलव ५ देखि २ डिग्री सेल्सियसले बढ्ने सम्भावना रहेको साउदी अरबको मौसम विज्ञान केन्द्रका प्रमुख अयमान गुलामले बताएका छन् । समाचार एजेन्सीका अनुसार हजमा आएका इरानी रेड क्रिसेन्टले पाँचजना इरानी हज तीर्थयात्रीको मृत्यु भएको पुष्टि गरेको हुन् । उनीहरूको मृत्युको कारणबारे भने खुलेको छैन।

 

प्रतिक्रिया दिनुहोस्