Logo

बेपत्ता भएका ट्रक चालकको हत्या

 

बैतडी पाटन नगरपालिका वडा नम्बर ६ का ५१ वीरभानसिंह विष्ट शनिबारदेखि बेपत्ता भएका थिए। विवाहित उनी त्यसरात घर नफर्किएपछि घरपरिवार चिन्तित भएका थिए। विष्ट बेपत्ता भए पनि उनले चलाउने ट्रक भने घर आसपास नै थियो। आइतबार परिवारले छरछिमेकमा सोधीखोजी गरेआ थिए । तर विष्ट फेला परेनन्। फेला पर्न नसकेपछि विष्टका भाइ सोमबार बिहान ६:४५ बजे जिल्ला प्रहरी कार्यालय बैतडी पुगेका छन् । आफ्ना दाइ बेपत्ता भएको भन्दै उनका भाइले निवेदन लिएर पुगेका थिए। उनले दाइ बेपत्ता हुनुमा एक जना महिलाको हात हुनुपर्ने शंका व्यक्त गरेका छन् । उनीहरूले ट्रक छरछिमेकतिर देखेका रहेछन्। जसले गर्दा शंका गरेर बेपत्ता भएको निवेदन दिएका थिए,’ बैतडी प्रहरी प्रमुख डिएसपी दीपक गिरीले भनेका छन् ।

विष्टका भाइले शंका गरेकी महिला सोही वडाकी ३६ वर्षीया भागरथी विष्ट थिइन्। उनी सहस्त्रलिंग प्राथमिक विद्यालयकी शिक्षक समेत हुन्। उनका श्रीमान केही समयअघि नै बितिसकेका थिए। साढे ७ बजेतिर प्रहरीले उनलाई नियन्त्रणमा लिएको डिएसपी गिरीले बताएका छन् । उनीमाथि सोधपुछ गरेपछि विरभानसिंहको हत्या भएको खुलेको छ । हत्या गरी शव भीरबाट फालिएको भनेपछि प्रहरी घटनास्थलतिर पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्