Logo

नवलपरासी पश्चिम र मोरङबाट अवैधलागु औषधसहित तीन जना पक्राउ

 

काठमाडौँ -नवलपरासी पश्चिम र मोरङबाट अवैध लागु औषध सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-२ घोडाहास्थित सडकबाट अवैध लागु औषध जस्तो देखिने खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ एवाई ५४५० नम्बरको मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।

मोरङको रंगेली नगरपालिका-४ बाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ४ सय ९० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय भुवनेश्वर प्रसाद साह र सोही नगरपालिका-९ बस्ने २५ वर्षीय सागर यादव हुन् । इलाका प्रहरी कार्यालय रंगेली र लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्