Logo

संसद भवनको शौचालयमा गोली चल्यो, प्रहरी जवानले गरे आत्महत्या

काठमाडौं– नयाँ बानेश्वरस्थित संघीय संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयबाट संसद भवनमा खटाइएका स्पेशल टाक्स फोर्समा कार्यरत २२ वर्षीय प्रहरी जवान अजित गोलेले आफैँले आफैले गोली हानेका हुन् ।

उनी संसद भवनको दुई नम्बर गेटको शौचालयमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरी जवान गोले २०७८ मा प्रवेश गरेका थिए । उनी बिहान ड्युटी गरिरहेका थिए । सोही क्रममा उनले शौचालयमा गएर आफूले बोकेको पेस्तोल आफूमाथि प्रहार गरेको स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्