Logo

पहिरोले ट्रक पुरेको कारण ले मध्यपहाडी लोकमार्ग अवरुद्ध

 

काठमाडौँ – दिनहु जस्तो वर्षाका कारण ले गर्दा बाढी जाने क्रम मा मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको हो । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक नै अवरुद्ध गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले भनेका छन् : खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परिरहेका छन्। त्यस्तै क्रममा गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको हो। सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन्।भने अवरुद्ध सडक खुलाउने प्रयास जारी हयेरखेको छ।

प्रतिक्रिया दिनुहोस्