Logo

कपुरकोट :कुटपिट मुद्दाका फरार प्रतिवादी नविन पुन ५ वर्षपछि पक्राउ

 

काठमाडौँ – कुटपिट मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेका छन् । कपुरकोट गाउँपालिका-४ घर भएका वर्ष २९ का नविन पुनलाई प्रहरीले पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रनाउ नविन कार्कीका अनुसार कुटपिट मुद्दाका पुनलाई जिल्ला अदालत सल्यानले २०७६ असार २४ गते दोषी ठहर गर्दै सात दिन कैद र ७ सय रुपैयाँ जरिवानासहितको फैसला गरेको थियो । लामो समयदेखि फरार रहेका पुनलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरी टोलीले घर नजिकैबाट फक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी
प्रमुख कार्कीले बताएका छन् । उनका अनुसार पक्राउमा परेका पुनलाई प्रहरी चौकी कपुरकोटको हिरासत कक्षमा राखिएको हो । पुनलाई कैद भुक्तानको लागि कारागार चलान गरिने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्