Logo

सर्लाहीका शुभम् तिवारीले बिदेशी नागरिक लाइ गरे ठगी

 

काठमाडौं – सहयोगको बहाना बनाएर एक नेपालीले विदेशी नागरिकहरुलाई ठगी गरेको आरोप लगाएको छ । सर्लाहीका शुभम् तिवारी नाम बताउने नेपाली नागरिकले विदेशी नागरिकका साथै होटललाई समेत ठगी गरेको पीडितहरुलेजानकारी दिएका छन् । सहयोग गर्छु भन्दै ठमेलको होटल योगमा लगेर पाकिस्तानी र भारतीय नागरिकलाई रोखेको र उनीहरुबाट रकम लिएर होटललाई समेत नतिरी ठगी गरेको पीडितहरुको भनाइ रहेको छ ।

तिवारीले ठमेलस्थित होटल एण्ड स्पाको १९ हजार २ सयको बिल, होटल योगको ७ हजारको बिल बनाई विनय नाम बताउने भारतीय नागरिक, पाकिस्तानी नागरिक बकार मन्सुर र अर्का भारतीय नागरिक चेतन बर्माबाट १४ हजार रुपैयाँ लिएको तर होटललाई समेत नतिरी ठगी गरेको आरोप रहेको छ । यसबारे उनीहरुले प्रहरी वृत्त सोह्रखुट्टेमा समेत उजुरी दिएका छन् । प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्यनारायण थापाले भने घटनाको बारेमा आफूलाई अहिलेसम्म रिपोर्टिङ नभएको र उजुरी दर्ता भएको भए कारबाही अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्