Logo

वीरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा १ जना पक्राउ

 

काठमाडौँ – बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीय आशिष पहरी हुन् । प्रहरी टोलीले भागिरहेको अवस्थामा पाटन–५ कुवापानी जङ्गलबाट पहरीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले बताएका छन् । मृतक वीरभानका आफन्तले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् । उनीहरु सबै पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताएका छन् । पहरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि पाटन–६ की ३६ वर्षीया भागरथी विष्ट, पाटन–१ का राजेन्द्र भट्टराई र किशोर भट्टराई तथा पाटन–६ कै भरतमोहन विष्टलाई नियेंत्रणमा लिएका छन् । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यही असार १ गते शनिबारदेखि बेपत्ता वीरभान विष्टको शव सोमबार दिउँसो पाटन–६ घाङल खोलामा फेला परेका हुन् । भागरथीले विष्टको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेकी छिन्। काठको चिरपटले हानेर वीरभानको हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएकी हुन् । भागरथी स्थानीय सहस्त्रलिङ्ग आधारभूत विद्यालयकी शिक्षिका हुन् भने मृतक विष्ट ट्रक चालक रहेकी छिन् । हत्याको कारण खुल्न नसकेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्