Logo

झापा: अविरल बर्षाका कारण माईखोलामा आएको बाढीले तीन परिवार विस्थापित

 

काठमाडौँ – झापाको शिवसताक्षी नगरपालिका–१० बिहानी टोलस्थित टोलको पश्चिमतर्फबाट कन्काई माईखोलाले कटान सुरु गरेपछि यहाँका तीन परिवार विस्थापित भएका हुन् ।

टोलका १० घरमध्ये तीनवटा घर अतिजोखिम रहेकाले शिवसताक्षी–१० वडा कार्यालयको समन्वयमा उनीहरूलाई स्थानीय मुक्तिघाटको भवनमा स्थानान्तरण गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएका छन् । विस्थापित हुनेमा शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, गोलबसी ऋषिदेव र टुना ऋषिदेवको परिवारहरु हुन् ।

खोलामा शव फेला

झापाको दमक नगरपालिकास्थित रतुवाखोलामा आज बिहान बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको हो । दमक–७ स्थित रतुवा पुल छेउमा दमक–१ सरस्वती टोलका ५३ वर्षीय मोहन रामदाम (विक) रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताएका छन् । मृतकका आफन्तले घटनास्थलम आएर सनाखत गरेपछि पहिचान खुलेको उनले बताएका हुन् ।

रतुवाखोलाले बगाए ल्याइरहेको अवस्थामा स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका हुन् । खोलाबाट बाहिर किनारमा निकालेर हेर्दा मानिसको मृत्यु भइसकेको प्रहरीले बताएको छ । कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्