Logo

रुकुम : ट्याक्टर दुर्घटनामा ६ घाइते, एकको मृत्यु

 

काठमाडौँ -रुकुम पश्चिममा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका छन्। दुर्घटनामा परी चौरजहारी नगरपालिका–१२ का २५ वर्षीय गोपाल खत्रीको मिसन अस्पतालमा उपचारका क्रममा साढे ११ बजेतिर मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोख्रेलका अनुसार दुर्घटनामा परी चौरजहारी नगरपालिका–११ का ९ वर्षीय डिल्ली डाँगी, चौरजहारी–१२ का ४३ वर्षीय बलु जैसी, १२ वर्षीया कल्पना वली, ४३ वर्षीय शरद शर्मा, चौरजहारी–५ का २३ वर्षीय चालक लक्ष्मण कुमाइ र २० वर्षीय विकास कुमाइ घाइते भएका छन्।

घाइते मध्य ९ वर्षीय डिल्ली डाँगी र चालक लक्ष्मण कुमाइको अवस्था सामान्य छ। अन्य सबै घाइतेको अवस्था गम्भीर रहेको डिएसपी पोख्रेलले जानकारी दिएका छन् । बिहीबार बिहान १० बजेतिर चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणको लागि ढुँगा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३-००१ त ०००१ नम्बरको ट्रयाक्टर ब्रेक फेल भई सडकदेखि झन्डै ८० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्