Logo

करेन्ट लागेर २१ वर्षीय युवकको मृत्यु

 

सर्लाही बरहथवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बरहथवा नगरपालिका-१० का २१ वर्षीय अबोध ठाकुर रहेका सर्लाही प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनी बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा ठेकेदारमार्फत ज्याला मजदुरीमा काम गर्दथ। सोही कार्यालयमा काम गर्ने क्रममा उनलाई र उनका भाइ आनन्द ठाकुरलाई आज (बिहीबार) बिहान करिब ११ बजे करेन्ट लागेको
हो ।

करेन्ट लागेर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्लाकै बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा लगिएकोमा अबोधलाई त्यहाँ उपचार सम्भव नभएपछि हरिवनस्थित सरस्वती अस्पतालमा लगिएको थियो। तर आज दिउँसो अबोधलाई डाक्टरले मृत घोषणा गरेका छन् ।अहिले अबोधको शव सोही अस्पतालमा राखिएको छ भने घाइते अवस्थामा रहेका उनका भाइ आनन्दलाई बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा उपचार भएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्