Logo

सर्लाहीमा करेन्ट लागेर दाईको मृत्यु, भाइको उपचार हुँदै

सर्लाही– बरहथवामा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर एक जना घाइते भएका छन् । बरहथवा नगरपालिका–५, स्थित नेपाल टेलिकमको कार्यालयमा ट्रष्ट निर्माणको काममा खटिएका बरहथवा नगरपालिका–१०, बस्ने २१ वर्षीय आवोध ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो ।

ठाकुरलाई बरहथवामा सामान्य उपचारगरेर थप उपचारका लागि सरस्वती अस्पताल हरिवन लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै आवोधकै भाइ उक्त करेन्टमा परेर सामान्य घाइते भएका छन् । आवोधका भाई १९ वर्षीय आनन्द ठाकुर सामान्य घाइते भएका हुन् । उनको बरहथवास्थित एडभान्स सन्जिवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्