Logo

विराटनगरमा गणेश यादवले गरे हत्या ,प्रहरीद्वारा पक्राउ

 

काठमाडौँ – विराटनगरमा सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्यामा आराेपमा प्रहरीले एक युवक पक्राउ परेका छन् । बुधबार अक्लेशलाई चक्कु प्रहार गरी फरार भएका विराटनगर–४ का २४ वर्षीय गणेश यादवलाई पक्राउ गरेका छन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय यादव हत्या आराेपीकाे छिमेकमा पाहुना आएका हुन् । बेलुका खानपिनका क्रममा विवाद भएपछि गणेशले चक्कु प्रहार गरेका छन् ।

सामान्य विवाद र भनाभनको विषयलाई लिएर गणेशले बुधबार राति १० बजेतिर अक्लेशमाथि चक्कु प्रहार गरेकाे उनले बताएका छन् । दुई जनाबीच विवाद भएपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै गर्दा अक्लेशमाथि चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट बायाँ कोखामा गहिरो चोट लागेर अवस्था गम्भीर बनेका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको हो । उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियाे । घटनापछि फरार भएका गणेशलाई भारततिर भाग्न खोज्दै गर्दा प्रहरीले लौकहीबाट बिहीबार दिउँसो पक्राउ गरेकाे एसपी कार्कीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्