Logo

हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा कार्यालयबाटै फरार

 

काठमाडौँ – हुण्डी कारोबारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिक पिसाब फेर्ने बहानामा गौर भन्सार कार्यालयबाटै फरार भएका हुन् । फरार हुनेमा भारतीय नागरिक ३१ वर्षीय गजेन्द्र राय रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका ७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि रायलाई बिहिबार गौरस्थित भन्सार कार्यालय लगेको बेला भागेका थिए । रायले पिसाब फेर्ने बहाना बनाएर शौचालयतिर गए र सोही क्रममा भागे सशस्त्र प्रहरी स्रोतले जानकारी दिएका छन् ।

राय फरार हुनुमा सशस्त्र प्रहरीको चरम लापरवाही देखिएको हो । लापरवाही ढाकछोप गर्न सशस्त्र प्रहरीले घटना बाहिर ल्याउन चाहेका छैनन् ‌। उनलाई पुनः समात्न सीमा नाकामा कडाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी एसपी दिलीप घिमिरेले घटनाबारे थाहा नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्