Logo

खोलामा करेन्ट लगाएर माछा मार्ने ७ जनालाई जिल्ला प्रशासन कार्यालयले गरे कारबाही

काठमाडौँ – लम्जुङ्ग खोलामा करेन्ट लगाएर माछा मार्ने ७ जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको हो । प्रहरीले पक्राउ गरी कारबाहीका लागि प्रशासनमा बुझाएकोमा उनीहरुले जनही १ हजारदेखि ३ हजार रुपैयाँसम्म जरिवाना तिराएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक थानेश्वर चपाईंले बिहीबार राति बेंसीसहर नजिकै मजुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मध्यनेपालबाट ५ जना र बेंसीसहरबाट २ जना युवकलाई पक्राउ गरिएका छन् । उनका अनुसार बिहीबार रातको साढे १२ बजेतिर मध्यनेपाल ५ पराजुलीबेंसीमा पर्ने मादी नदीमा करेन्ट लगाएर अवैध रुपमा माछा मार्दै गरेको अवस्थामा मध्यनेपाल ५ का २६ वर्षीय दिपक विश्वकर्मा, वर्ष २६ कै सुदिप बिक, २३ वर्षीय संगम तामाङ, ६१ वर्षीय श्रीबहादुर थापा मगर र ३२ वर्षीय मिलन थापामगरलाई उपकरणसहित पक्राउ गरिएका छन् । उनीहरुलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयले जनही ३/३ हजार रुपैयाँ जरिवाना तिराएर छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्