Logo

संखुवासभाको मकालुमा बाढी र पहिरोले २४ घर विस्थापित

काठमाडौँ – संखुवासभाको मकालु गाउँपालिका-६ सागसेवामा आएको बाढी र पहिरोले २४ घर परिवार विस्थापित भएका हुन् । एकसाता सम्म लगातार परेको वर्षापछि गुहे खोल्छामा आएको बाढी र पहिरोले २४ घरपरिवार उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताएका छन् ।

उच्च जोखिममा परेका ती परिवारलाई आफन्तको घरमा सुरक्षित रुपले सारिएको उनले बताएका छन् । बाढी पहिरोले मानवीय क्षति भने भएको छैन र क्षतिको विवरण संकलनको काम भइरहेको प्रजिअ खड्काले बताएका छन् । उनका अनुसार खोल्छाको बाढीले सडक समेत बगाएको छ । भोटखोला गाउँपालिका-४ मा पर्ने लामा बगर माथिबाट आएको पहिरोले करिव ३० मिटर सडक बगेका छन् । तेही स्थानमा रहेको खाल्डे खोला माथिबाट आएको पहिरोले ३५ मिटर सडक पुरेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्