Logo

झापाको ग्यारेजमा आगलागी,९ लाख को क्षति

 

काठमाडौँ – झापाको एक ग्यारेजमा आगलागी भएको हो । आइतबार बिहान साढे ७ बजे अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा पदम बडीले निर्माण गरेको ग्यारेजमा आगलागी भएको छ ।

अचानक विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ। आगलागी हुँदा ग्यारेज भित्र रहेको गाडीका पाटपुर्जा, ग्यारेजको टहरो पुर्ण रुपमा जली नष्ट भएका छन् । सो आगलागी बाट ९ लाख बराबरको क्षति भएको प्रहरीले बताएका छन् । आगलागी बिहान ८ बजेतिर नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्