Logo

७० बर्सिए खुमबहादुर नेपालीलाइ खोलाले बगाएर मृत्यु

 

काठमाडौँ – गुल्मीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको हो । रेसुङ्गा नगरपालिका वडा नम्बर–१४ निवासी ७० वर्षका खुमबहादुर नेपालीको छल्दी खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

शनिबार छल्दिखोला तर्ने क्रममा बगेका नेपालीको बडिगार्ड जुमईस्थित खोला किनारमा शव फेला परेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीको कमान्डमा टोली खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्