Logo

३० वर्षीय धर्मेन्द्र जैसवाल बलात्कार आरोपमा पक्राउ

 

 

काठमाडौंमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।

भारत बिहार राज्य मोतिहारी घर भई काठमाडौं महानगरपालिका-३१ शंखमुलबस्ने ३० वर्षीय धर्मेन्द्र जैसवाल पक्राउ परेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले सनिबार राति पक्राउ गरेका छन् ।

जैसवालविरूद्ध काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्‍वरस्थित सस्तोबजारमा किशोरीलाई बलात्कार गरेको उजुरी रहेको छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्