Logo

भ्रष्ट्राचार मुद्दामा निलम्बनमा पर्दापनि मुख्य सचिवले राजिनामा दिन मानेनन्, विशेष पद सिर्जना गरेर योजना आयोगमा सरुवा

काठमाडौं– सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ । अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अर्याललाई योजना आयोगको जगेडा पदमा सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई कामु मुख्य सचिवको जिम्मा दिइएको छ । उनले अर्को मुख्य सचिव नियुक्त नभएसम्म मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् ।

आइतबार मुख्य सचिब अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा परेपछि उनी स्वत निलम्बनमा परेका थिए । बहालवाला मुख्य सचिवविरुद्ध नै भ्रष्टाचार मुद्दा दर्ता भएको उक्त पहिलो घटना हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य सचिव वैकुण्ठ अर्याललगायत १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुख्य सचिव अर्यालसहित रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिवल्लभ घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ । अख्तियारले प्रतिवादीहरूविरुद्ध ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो माग दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्