Logo

सोनाक्षी सिन्हाले आफ्नो प्रेमी संग गरिन् बिहे

 

 

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले विवाह गरेकी हुन् । उनले ३७ वर्षको उमेरमा प्रेमी जहीर इकबालसँग विवाह गरेकी छिन् । भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार उनीहरूले नजिकको आफन्त र साथीभाइको उपस्थितमा आइतबार विवाह गरेका छन् ।

विवाहपछि सोनाक्षीले सामाजिक सञ्चालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । सोनाक्षीका प्रेमी जाहिर व्यापारी रहेका हुन् भने जाहिरले सन् २०१९ मा फिल्म ‘नोटबुक’ बाट अभिनयमा पनि डेब्यू गरेका थिए। सोनाक्षी र जहीरले फिल्म ‘डबल एक्सएल’ मा एकसाथ काम गरेका थिए।

सोनाक्षीले आफ्नो केहि तस्बिरहरु समाजी संजालमा हालेकी छिन्।

प्रतिक्रिया दिनुहोस्