Logo

गोहीको आक्रमणबाट एक जनाको मृत्यु

 

 

काठमाडौँ – पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ। सोमबार बिहान मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी किनारमा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद पौडेलले जानकारी दिएका छन् । उनकाअनुसार मृतक सोही वडाका ७२ वर्षीय मिलबहादुर थारू रहेका छन्। थारू बिहान नुहाउन नदीमा गएका थिए।

नदीमा रहेको गोहीले आक्रमण गर्दा थारूको मृत्यु भएको छ । गोहीको आक्रमणले उनको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जबाट टोली झिकाइएको थियो। उक्त टोलीले दुई घण्टापछि नियन्त्रणमा लिएको हो । अहिले गोहीलाई नियन्त्रणमा लिएर चितवन निकुञ्ज लगिएका छन् ।

प्रतिक्रिया दिनुहोस्