Logo

सबै लाइ सतर्क रहन आग्रह ,बुढीखोलाले सतर्कताको तह गर्‍यो पार

 

काठमाडौ – सुनसरीको बुढी खोलाको बाढीले सतर्कताको तह पार गरेको हो । बाढी अझै बढ्दो क्रममा रहेकाले आज दिउँसो तीन बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेका छन् । महाशाखाका अनुसार कोशी बेसिनको चतरा क्षेत्रमा गत २४ घण्टामा १७३.२ मिलिमिटर वर्षा भएको हो र यसैगरी झापाको अनारमनीविर्तास्थित कन्काइ नदीमा पनि गत २४ घण्टामा १३९.४ मिलिमिटर वर्षा मापन भएको छ ।

आज ईलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्वत, म्याग्दी, बागलुङ, स्याङजा, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँची, गुल्मी र ती जिल्ला आसपास भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिमसमेत रहेकाले सतर्क रहन पनि मौसम विज्ञान विभागले अनुरोध गरेका छन् । गत जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन असार १० गते सुदूरपश्चिमसम्म फैलिएको थियो । मनसुन देशभर फैलिए पनि कोशी प्रदेशको तुलनामा अन्य प्रदेशमा मनसुन कम सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्