Logo

अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै राजेश पायेल लाइ फर्काइयो

 

काठमाडौँ – दुबई जान लागेका गायक राजेश पायल राईले अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको हो ।गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका हुन् । तर उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएका थिए ।

उहाँले धेरै मदिरा सेवन गरेकाले एयरलाइन्सले फर्काएको हो । हामीले उहाँलाई घर फर्किन अनुरोध गर्‍यौं,’ कार्यालयका प्रवक्ता एसएसपी डम्बरबहादुर विकले भने, ‘सुरूमा मान्नुभएको थिएन। तर पछि हामीले ट्याक्सीमा हालेर घर पठायौं।’ राई दुबईमा सांगीतिक कार्यक्रमका लागि जान लागेका हुन।

प्रतिक्रिया दिनुहोस्