Logo

राजनीतिका लागि कंगनाले फिल्मबाट केहि समाएको लागि ब्रेक नलिने

 

 

काठमाडौँ – बलिउडकी अभिनेत्री तथा सांसद कंगना रनौतले भर्खरै लोकसभा सदस्यको शपथ लिएकी हुन् । एक पुरानो अन्तरवार्तामा कंगनाले चुनाव जितियो भने फिल्म इन्डस्ट्री छाड्ने बताएकी थिइन् ।

तर अहिले चुनाव जितेर सांसद नै बनिसकेपछि भने उनले आफ्नो फिल्मी इनिङ्स जारी राख्ने देखिएको छ । यस कुरालाई उनका निकटवर्तीले पुष्टि गरेकि छिन् । कंगनाको आगामी रिलिज ‘इमर्जेन्सी’ रहेको छ। यो फिल्म यसअघि कार्तिक आर्यनको ‘चन्दु च्याम्पियन’सँगै रिलिज हुने तय भएको थियो । तर चुनावका लागि फिल्मको रिलिज डेट पछाडि सारिएको हो । चलचित्र छिट्टै रिलिज गर्ने तयारी भइरहेको छ । संसद्को अधिवेशन सकिएपछि फिल्म रिलिजको तस्बिर स्पष्ट हुने कंगना निटक स्रोतले बताएको भन्दै भाष्कर दैनिकले समाचार छापेका छन् ।

फिल्म २५ जुनमा मात्र रिलिज गर्ने प्रयास गरिएको थियो । सन् १९७५ को जुन २५ मा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतमा आपत्काल लगाएकी थिइन् । कंगनाको फिल्म सोही घटनामा केन्द्रित छ । लोकसभाको चुनावका कारण फिल्मको रिलिज समय पछाडि सरेको हो । अब फिल्म सेप्टेम्बर ६ मा रिलिज हुने बताइएका छन् । राजनीतिमा आफ्नो पहिलो पारीसँगै कंगनाले आफ्नो फिल्मी यात्रालाई पनि निरन्तरता दिनेछिन् । अर्को फिल्मको घोषणा छिटै हुन सक्ने बताइएका छन् । कंगनाको हातमा यतिबेला आनन्द एल राईको तनु वेड्स मनु ३ र आलौकिक देसाईको पौराणिक नाटक सीता–द इन्कारनेसनजस्ता फिल्म रहेको चर्चामा छ । तर यसबारे कुनै अपडेट भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्