Logo

सिन्धुपाल्चोकमा भुकम्पको धक्का महसुस

काठमाडौं– सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोकको हेलम्बु केन्द्र गरी शुक्रबार बिहान १ः२८ बजे ४.२ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
केन्द्रबिन्दुमा भुकम्पको धक्का ठूलै महसुस गरिएको थियो । तर भुकम्पका कारण कुनै क्षति नभएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताएका छन् । उनले भने, ‘राति ठूलै कम्पन महसुस भएको थियो। तर क्षतिको जानकारी पाएका छैनौं,’ उनले भने।

२०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्र गरी गएको भूकम्पले सिन्धुपाल्चोकमा ठूलो धनजनको क्षति भएको थियो। २०७२ वैशाख २९ गते सिन्धुपाल्चोक नै केन्द्रविन्दु गरी अर्को भूकम्प गएको थियो।

२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट सिन्धुपाल्चोकमा ३ हजार ५७० जनाको मृत्यु भएको थियो। ९५ हजारभन्दा बढी भौतिक संरचना ध्वस्त भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्