Logo

काठमाडौंमा खोलाको कलभर्टमा कार खस्यो, एक जनाको मृत्यु

काठमाडौं– नागार्जुन नगरपालिका–६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खस्दा कारमा सवार एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान करिब साढे २ बजे बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खसेर डुबेको थियो।

दुर्घटना भएको सूचना पाएलगत्तै उद्दारको लागि घटनास्थगलमा प्रहरी पुगेको थियो । घटनास्थल पुगेको प्रहरीले तीन घन्टापछि कार चालकलाई बिहान करिब साढे ५ बजे उद्धार गरेको थियो। कार चालक नागार्जुन नगरपालिका–६ खरिबोटका अन्दाजी ५० वर्षका पूर्ण दर्नाल रहेको बताइएको छ ।

उद्धारपश्चात उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएको थिए । तर अस्पतालमा पु¥याए लगत्तै मा बिहान ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

कलभर्टमा खसेको कारलाई भने बिहान ६ः०९ बजे कल्भर्टबाट बाहिर निकालिएको छ । र्‍याकर, क्रेनको सहायताले स्थानीय र प्रहरी मिलेर कारलाई बाहिर निकालिएको हो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्