Logo

‘भ्यान्चे’ ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपालमा भित्रिदै

 काठमाडौँ – शशिला मोटर्सले ‘भ्यान्चे’ ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउन लागेको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले जानकारी दिएको छ। सिएटिएल १ सय २३ किलोवाटको लिथियम आइरन फोस्पेट ब्याट्री जडान हुने यो बसमा पूर्ण रूपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुन्छ र यो गाडीको लम्बाइ २५ फिट हुन्छ ।

फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा सञ्चालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् । १ सय २३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी रहेको छ।

प्रतिक्रिया दिनुहोस्