Logo

खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

 

 

काठमाडौँ – खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका हुन् । हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक पक्राउ परेका छन् । उनलाई खोटाङ जिल्ला प्रहरी कार्यालयको टोलीले सनिवार साँझ पक्राउ परेका छन् ।

प्रहरीले विद्यालयमा एउटा विद्यार्थी पीडित छ भन्ने गोप्य सूचना पाएका थिए । सोही सूचनालाई पछ्याउँदै अनुसन्धान गर्ने क्रममा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक हरी बरालले बताएका छन। फागुनदेखि बालिकामाथि यौन शोषण हुँदै आएको अनुसन्धानमा खुलेको छ,’ उनले भनेका छन् , महिला सेलका प्रहरीले बालिकाको बयान लिने काम गरिरहेका छन्

 

प्रतिक्रिया दिनुहोस्