Logo

यी नदीहरूमा बादीको जोखिम ,सचेत रहनु होला

 

 

काठमाडौँ – बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेका छन्।

महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा केही स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेको छ ।

साथै इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, सल्यान, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूमा बहाव बढ्ने र केही स-सान नदीमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जानकारी दिएका छन् ।

सोमबार पनि देशभरका अधिकांश स-साना नदीहरूमा बहाव बढ्ने तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश भई बहने केही स-साना नदीहरूमा आकस्मिक बाढी हुन सक्ने पूर्वानुमान रहेको छ । मंगलबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्