Logo

विदेशी मुद्राको तस्करी गरेको आरोपमा २ जना इरानी नागरिक पक्राउ

 

 

 

काठमाडौं – विदेशी मुद्राको तस्करी गरेको आरोपमा २ जना इरानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

उनीहरूको साथबाट विभिन्न ५ वटा देशका पैसा बरामद भएका छन् । पक्राउ पर्नेहरूमा इरानी ४० र ३५ वर्षका इरानी दम्पती हुन् ।श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ गर्ने क्रममा नियन्त्रणमा लिइएका हुन् ।

ह्याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १२ हजार ५ सय अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारतीय रुपैयाँ र ८ लाख ४० हजार श्रीलंकन रूपी फेला परेको प्रहरीको दाबी रहेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्