Logo

झापा र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

 

 

काठमाडौँ – झापा र कास्कीबाट जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन् ।

झापाको कमल गाउँपालिका-५ वरगाछी बस्ने ४४ वर्षीय कमल सुब्बाको घरमा जुवातास खेलिरहेको अवस्थामा कमलसमेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेका हुन् ।

यता कास्कीको पोखरा महानगरपालिका-८ आनन्द मार्ग बस्ने ४९ वर्षीया अमिता शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा अमिता समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका हुन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ७ सय ६० रुपैयाँ र ५ बुक ताससहित पक्राउ गरेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्