Logo

धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते

 

 

काठमाडौँ – धनुषामा जन्ती बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

सर्लाहीबाट जन्ती लिएर लहान जाँदै गरेको ना ४ ख ४४९२ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहामा सडक छेउमा पल्टेर दुर्घटना भएको छ । राति ९ बजेतिर भएको बस दुर्घटनामा १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरले बताएको छ । प्रहरीका अनुसार घाइते मध्ये एकजना मध्यम र अन्य सबै समान्य रहेका छन् । उनीहरुको गोदार स्थित रिया पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

दुर्घटना पश्चात बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्