Logo

सिद्धार्थ बैँकको शाखा कार्यालयमा आगलागी

 

 

काठमाडौँ – वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखामा आगलागी भएको छ । आर्दशनगरस्थित रहेको बैंकको शाखामा अपराह्न आगलागी भएको छ ।
बैँकको माथिल्लो तल्लामा अचानक आगो लागेको प्रहरीले बताएको छ । अहिले ४ वटा दमकलको सहयोगबाट आगो निभाउन प्रयास भइरहेको पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले बताएका छन् । उनका अनुसार आगलागीका कारणबारे भने खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी भने पुगेको छ।

प्रतिक्रिया दिनुहोस्