Logo

उदयपुरमा पहिरोमा परी एक जनाको मृत्यु, २ घाइते

 

 

 

काठमाडौँ – उदयपुरमा गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ८ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका छन् । गम्भीर भएका उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेका छन् ।

तोरीबारीमा पहिरोले चार घर पुरेको छ भने अन्य पाँच घर उच्च जोखिममा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्