Logo

गुडिरहेको बसको इन्जिन पड्किएर सहचालक घाइते

काठमाडौं– बौद्धमा गुडिरहेको बसको इन्जिन पड्किएर बसका सहचालक घाइते भएका छन्। बौद्ध पिपलबोट स्थित सडक खण्डमा बिहान ७:५० बजेतिर बसको इन्जिन पड्किएको हो।

गुडिरहेको प्र.३–०१–००५ ख ९८६६ नम्बरको बाबा गोकर्णेश्वर बसको एक्कासी इन्जिन पड्किएको थियो । बसमा चालक र सहचालक मात्र थिए । इन्जिन पड्किँदा दोलखा घर भइ काठमाडौंको माकलबारी बस्ने ५४ वर्षीय दावा लामा घाइते भएका प्रहरीले जनाएको छ। उनको अर्थपेटिक अस्पताल नारायणटारमा उपचार भइरहेको छ। लामाको दाहिने खुट्टामा गहिरो चोट लागेको छ।

बस हाल बौद्ध ट्राफिकको नियन्त्रणमा रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्