Logo

दोहोरो नागरिकता लिएको भन्दै शिक्षा मन्त्री सुमना श्रेष्ठ विरुद्ध उजुरी, २० वटा देशको भ्रमण गरेपनि आफुसँग नेपाली नागरिकता मात्र रहेको सुमनाको स्पष्टिकरण

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग नेपाली नागरिकता बाहेक कुनै पनि देशको पीआर तथा ग्रिन कार्ड नभएको स्पष्ट पारेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दोहोरो नागरिकता लिएको भन्दै उजुरी पछि आफुसँग नेपाली नागरिकता मात्र रहेको उनले बताएकी हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो पोष्ट गर्दै राष्ट्रिय सर्तकता केन्द्रबाट अत्यन्तै जरुरी पत्र भन्दै आफुलाई पत्र आएको उनले बताएकी छिन् ।
उनले भनेकी छन्, ‘मैले २० वटा जति देश भ्रमण गरेको छु । कुनै देशको पनि ग्रिन कार्ड तथा पीआर समेत लिएको छैन । लिने प्रक्रिया के हो त्यो समेत थाहा थिएन।’ शिक्षामन्त्री श्रेष्ठले आफ्ना विरुद्धमा उजुरी परेपछि मात्रै पीआर तथा ग्रिन कार्ड लिने प्रक्रियाका बारेमा बुझेको बताएकी छन् ।

पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्रै त्यहाँको पीआर पाइने र प्रकृया लामो रहेको उनले बताइन् । उजुरी आएपछि उक्त विषयमा बुझ्न १० देखि १५ घण्टा समय लागेको उनले बताएकी छिन्, उनले भनिन्, ‘म जति दिन मन्त्री भएको छु, त्योभन्दा थोरै समय पोल्याण्ड बसेकी छु ।’
यो विषयमा उजुरी पर्नु गम्भीर रहेको बताउँदै उनले बताइन् । उनले भनिन्, ‘कुनै नेपालीले विदेशीसँग विवाह गर्दैमा पिआर लिन्छ भनेर अनुमान लगाउनु सत्य होइन । म आफ्नै बलबुतामा देश विदेश घुमेको छु, पढेको छु ।’

पीआर लिएको भए प्रमाण दिन सकिने तर, नलिएको कसरी प्रमाण दिने भन्दै उनले उजुरीकर्तालाई नै प्रश्न गरेकी छन् । पर्याप्त प्रमाण नभएको विषयमा अनुमानको भरमा आफूमाथि उजुरी दिएको भन्दै उनले भनिन्, ‘पिआरको प्रोसेस बुझ्दा मेरो १५/१६ घण्टा खर्च भयो । एउटा सांसदले त्यो समय खेर जानु भनेको कति कामका बाधा पुग्नु हो । तर मैले राम्रै काम गरेको रहेछु । उजुरी हालेर एटेन्सन दिनु भएको छ । नराम्रो काम गरेको भए कसैले वास्ता नै गर्नु हुँदैनथ्यो ।’

नेपाली नागरिकतासँगै यूरोपेली देश पोल्याण्डको पीआर लिएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेरको थियो । मन्त्री श्रेष्ठका श्रीमान् पोल्याण्डका नागरिक हुन् । तर, उनले पोल्यण्डका नागरिकसँग बिहे गरेको भए पनि त्यहाँको पीआर नल्याएको उक्त भिडियोमार्फत प्रष्ट पारेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्