Logo

नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन फिर्ता लिँदै

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै शुक्रबार (असार २८ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णयसमेत गरेको छ ।

प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् । नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो । अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको नाउपाका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्