Logo

प्रधानमन्त्री प्रचण्डले भोली विश्वासको मत लिँदै, प्रमुख तीन दलद्वारा सांसदहरूलाई ह्वीप जारी

काठमाडौं– भोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोली प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । भोली प्रचण्डले विश्वासको मत लिने भएपछि तीन ठूला दलले आफ्ना संसदलाई विश्वासको मत दिने नदिनेबारे ह्विप जारी गरेका छन् ।

आज नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।

यस्तै बुधबार नेकपा एमालेले पनि प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको हुन् ।

उता सत्तामा रहेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । बुधबार सिंहदरवारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गर्दै ह्विप जारी गरेको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी प्रधामन्त्रीलाई विश्वसको मत दिनेबारे छलफल गर्न बैठक बसिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे निणर्य गर्न भोलीका लागि संसदीय समितिको बैठक डाकेको छ ।

कांग्रेस र एमालेले सत्ता समिकरण गरेर अघि बढ्ने निणर्य गरेसँगै नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रचण्डले भोली विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्