प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्विप
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।
यस्तै आज नै पार्टी सभापति रवि लामिछानेले सदनमा सम्बोधन गर्ने तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ । नेकपा एमालेले कांग्रेससँग मिलेर नयाँ समीकरण बनाएसँगै एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।