चोरी भएका २१ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण


काठमाडौं– हराएका तथा चोरी भएका २१ वटा दुईपाङग्रे सवारी साधन भेटिएका छन् । भेटिएका ती सवारी साधन ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमका बीच आइतबा। कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

हराएको तथा चोरी भएको भन्दै निवेदन दिएको आधारमा मोटरसाइकलको खोजी ट्राफिक प्रहरीले गरेको थियो । सो क्रममा केहीमा सक्कलै नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेर चलाएको अवस्थामा फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

सिंहदरबार, कपन, कालिमाटी, नयाँ बसपार्क, गौशाला, बौद्ध, बुद्धनगर लगायतका क्षेत्रबाट २१ वटा दुई पांग्रे सवारी फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ ।

योसँगै चालु आर्थिक वर्षमा मात्रै ४१७ थान सवारी साधन फेला पारेर धनीको जिम्मा लगाइएको ट्राफिकले जनाएको छ । यसै आर्थिक वर्षमा सवारी साधन चोरीमा ४१ जनालाई पक्राउ गरिएको छ ।