प्रधानमन्त्री बन्ने सपना तुहिएपछि माधव नेपालले गरे ओलीको शपथ समारोह बहिष्कार


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् ।

सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता नेपाल सहभागी नभएर बहिस्कार गरेका हुन् ।

ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई पुग्दा नेपाल भने शीतल निवास पुगेनन् । नेपाल तत्कालीन प्रचण्ड नेतृत्वको सरकार ढालेर प्रधानमन्त्री बन्ने योजनामा थिए । तर, दाहाल सरकार ढलेर ओली सरकार बनेपछि माधवको प्रधानमन्त्री बन्न सपना तत्काललाई ब्रेक लागेको छ ।