गेस्ट हाउसमा अचेत भेटिएकी युवतीको उपचारको क्रममा मृत्यु
काठमाडौं– ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।
गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका एक युवकसँग उनी बुधबार गेस्ट हाउसमा पुगकी थिइन् । बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो ।
युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ ।