‘कीर्तिपुर खेल मैदान निर्माणको ५ प्रतिशत काम सम्पन्न हुनुपर्ने समय भइसक्यो’

648
Shares

काठमाडौं– रास्वपाकी सांसद निशा डाँगीले कीर्तिपुर खेल मैदान निर्माणको प्रगति सदनलाई जानकारी गराउन माग गरिकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै केपी ओली नेतृत्वको सरकारले ३ सय दिनमा निर्माण सम्पन्न गर्ने घोषणा गरेको कीर्तिपुर खेल मैदान निर्माण के भइरहेको छ भन्दै प्रश्न गरेकी छिन् । उनले घोषणाको १५ दिन भइसकेकाले ५ प्रतिशत काम सम्पन्न भइसकेको हुनुपर्ने बताइकी छिन् । उनले समाचार र चर्चाको लागि मात्रै निर्णय गर्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै संसदमा जवाफ माग गरेकी हुन्।

उनले भनिन्, ‘प्रधानमन्त्री आफैँले वा खेलकुद मन्त्रीले सदनमा निर्माणबारेको जानकारी प्रत्येक महिना सदनमा राख्नुपर्ने माग समेत राख्छु ।’