खोलामा डुबेर एक बालिकाको मृत्यु

504
Shares

कैलाली– कैलालीमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर १० आमखोइयाकी ८ वर्षीया कल्पना रोकायको मृत्यु खोलामा डुबेर भएको हो।

घरनजिकै रहेको भदेली खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएपछि सोमबार उनी बेपत्ता भएकी थिइन्। उनको शव सोमबार साँझ खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।