आफ्नो पारिवारिक विषयमा तथ्यहिन समाचार लेखेको भन्दै सीके राउतले दिए उजुरी

720
Shares

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पारिवारिक विषयमा तथ्यहीन समाचार प्रसारण गर्नेविरुद्ध जिल्ला अदालत काठमाडौ, साइबर व्यूरो र प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।

उनले पत्नी सोनी सिन्धु रानी र आफ्नो पारिवारिक विषयमा भ्रामक समाचार प्रकाशित गरेको भन्दै उजुरी गरेका हुन् । उनले शीर्ष खबर प्रालि, उक्त अनलाइनको अध्यक्ष तथा सम्पादक कल्पना दाहाल, सप्तरी फत्तेपुरका दिनेश शर्मा र श्यामकुुमार यादव र पत्रकार बैद्यनाथ यादवलाई विपक्षी बनाई फिराद पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गराएका हुन् ।

उनले परिवारको निजी मामिलामा तथ्यहीन र भ्रामक समाचार प्रकाशित भएको भन्दै उजुरी दर्ता गराएका हुन् । उपरस्त्रीसँग सम्बन्ध राखेको, पटक पटक रंगेहात फेला परेको भनी आएका समाचार झुठ, बनावटी र आफ्नो मान प्रतिष्ठामा खलल पुर्‍याएको उनले उल्लेख गरेका छन् ।

राउतले पत्नी सोनी सिन्धु रानीको मानसिक अवस्था ठिक नरहेको फिराद पत्रमा लेखेका छन् । पत्नीले नै सम्बन्ध विच्छेदको माग गर्दै आएकोमा हाल भने नमानेको उनmेबताएका छन् ।पत्नीले सम्बन्ध विच्छेद मागेको अवस्थामा छुट्टीने गरी जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको राउतले उजुरीमा लेखेका छन् ।