नाबालिक बलात्कार आरोपमा जनकपुर उपमहानगरका दुई नगर प्रहरी पक्राउ

576
Shares

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाका दुई जना नगर प्रहरी नाबालिक बलात्कार मुद्दामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर १२ घर भएका बब्ब्लु महतो र वडा नम्बर १७ घर भएका दिपेन्द्र राउत छन्।

बुधबार दिउँसो जनकपुरस्थित घरमै गएर १७ वर्षीया किशोरीलाई उनीहरूले बलात्कार गरेको उजुरीपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

दिपेन्द्रलाई ड्युटीमै खटिएका बेला उपमहानगरको कार्यालयबाट पक्राउ गरिएको हो भने बब्लुलाई घरबाट प्रहरीले पक्राउ गरेको थियो। घटनाको जाहेरी आउन भने बाँकी रहेको प्रहरीले बताएको छ । घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।