सर्वोच्चमा न्यायाधीश सिफारिस भए निरौला र पाण्डे

864
Shares

काठमाडौं– न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको हो।

संसदीय सुनुवाइपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्। सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्नुपर्ने भए पनि नाममा सहमति नजुट्दा २ जनाको मात्र सिफारिस भएको हो।

निरौला सर्वोच्च अदालतको मुख्य रजिस्ट्रार छँदा उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएका थिए। तर पछिल्लो समय उनीभन्दा वरीयतामा पछाडि भएकाहरूलाई सर्वोच्चको न्यायाधीश बनाएर उनलाई छाडिएको थियो।

नित्यानन्द सुदूरपश्चिमबाट कांग्रेस कोटामा वकिलबाट उच्चको न्यायाधीश भएका थिए । उनी गृहमन्त्री रमेश लेखकका साँढुभाई हुन् । कांग्रेसका नेताहरुको दवावकै कारण पाण्डे भन्दा वरियतामा अघिरहेका अन्यलाई पन्छाईएको छ । उच्च अदालतको न्यायाधीशको वरीयतामा न्यायाधीश निरौला एक नम्बर र पाण्डे पाँचौं नम्बर वरीयतामा थिए ।

सर्वोच्चमा सिफारिस भएका निरौला छोटो समयका लागि प्रधानन्यायाधीश बन्नेछन्। ६ पुस, २०९३ मा टेकप्रसाद ढुंगाना अवकाश भएपछि निरौला पुगनपुग दुई महिनाका लागि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् ।