वीरेन्द्रनगर— घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर एक महिलाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका–७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
वली बिहीबार खोलाको छेउमा माटो खन्न गएकी थिइन् । माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमको लागि मेहलकुना अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया