निर्मला कुर्मीको न्याय माग्दै सिंहदरबारअगाडि प्रदर्शन, रूबी खानसहित तीन जना पक्राउ

720
Shares

काठमाडौं– ५८ दिनदेखि माइतीघर मण्डलामा धर्ना बस्दा वास्ता नगरेपछि सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबी खानसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार ३ बजे सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेको रूबी खानसहित, ललिता थारू र गीता चमारलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले नियन्त्रणमा लिएको हो ।

निर्मला कुर्मीको हत्या आरोपिलाई कानुनी कारबाही हुनुपर्ने र अनुसन्धान अगाडि बढ्नुपर्ने भन्दै बाँकेका अभियन्ता रूबी खानसहित १४ जनाको टोली माइतीघर मण्डलामा धर्ना बस्दै आएका थिए। कुर्मीको लागि न्याय माग गर्दै अन्य दुई महिला माइतीघर मण्डलस्थित नेपालको झण्डा राख्ने पोलमा चढेका छन् ।

बाणी चमार र माकरूङ दर्जी झण्डा राख्ने पोलमा चढेका हुन् । यतिबेला उनीहरुलाई पोलबाट झार्न प्रहरी माइतीघरमा पुगेका छन्।